+
+

कांग्रेसको दाङ सभापतिमा शंकर डाँगी निर्वाचित

नेपाली कांग्रेसको दाङ जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १३:४७

१२ मंसिर, घोराही । नेपाली कांग्रेसको दाङ जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् ।

शनिबार जिल्ला सभापति पदका लागि भएको निर्वाचनमा चार जनाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार शंकर र भुपबहादुर डाँगीबीच आइतबार दोस्रो चरणको निर्वाचन गर्ने तयारी थियो । तर सहमतिको आधारमा शंकर जिल्ला सभापति चुनिएका हुन् । उनी पौडेल-कोइराला पक्ष निकट हुन् ।

शनिबार भएको पहिलो चरणको निर्वाचनमा शंकरले ७७६ र उनका निकटतम प्रतिस्पर्धी भुपबहादुरले ५४५ मत पाएका थिए । यसैगरी अध्यक्षका अन्य दुई प्रतिस्पर्धी जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत पाएका थिए । जिल्लामा दुई हजार १९२ मतदाता रहेकामा दुई हजार १३८ मत खसेको थियो ।

आइतबार दोस्रो चरणको निर्वाचनको तयारी भइरहेको बेला भूपबहादुरले शंकरलाई सभापतिमा समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि शंकर सभापति चुनिएको घोषणा गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेस दाङको उपसभापतिमा गिरीराज सुवेदीले ९१३ मत र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी, सहसचिवमा राजु आचार्य र सुबोधकुमार डाँगी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?