+
+

चीनले अमेरिकाको जस्तो नीति लिए दैनिक साढे ६ लाख संक्रमित भेटिन्छन् : अध्ययन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १४:५४
फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । कोरोना महामारी नियन्त्रणमा चीनले अमेरिकाले जस्तै नीति लिए एकै दिनमा ६ लाखभन्दा बढी संक्रमित भेटिन सक्ने एक अध्ययनले देखाएको छ ।

पेकिङ विश्वविद्यालयका गणितज्ञहरूले हालै गरेको अध्ययनमा शून्य सहनशीलताको नीति त्यागेर यात्रामाथिको नियन्त्रण हटाउने हो भने चीनमा कोभिड-१९ बाट दैनिक ६ लाख ३० हजार भन्दा बढी मानिस संक्रमित हुन सक्ने निष्कर्ष निकालेका हुन् ।

चीनमा थप प्रभावकारी खोप वा विशेष उपचारबिना यात्रामाथिको प्रतिबन्ध हटाउन नहुने समेत अध्ययनको ठहर छ । अध्ययनका क्रममा अगस्ट महिनाको अमेरिकी, बेलायती, स्पेनी, फ्रान्सेली र इजरालयली तथ्याङ्क प्रयोग गरिएको थियो । अध्ययनमा संलग्न गणितज्ञले कोभिड महामारी नियन्त्रणका लागि ती मुलुकमा अपनाइएको रणनीतिलाई चीनमा लागू गर्दा निम्तिन सक्ने परिणामको लेखाजोखा गरेका थिए ।

उक्त लेखाजोखापछि अमेरिकामा अपनाइएको रणनीति नक्कल गरेमा चीनमा दैनिक कोरोना संक्रमितको संख्या ६ लाख ३७ हजार ११५ पुग्ने अनुमान गरिएको थियो । त्यस्तै, बेलायतको रणनीति अपनाएमा दैनिक संक्रमित २ लाख ७५ हजार ७९३ र फ्रान्सको रणनीति अपनाए ४ लाख ५४ हजार १९८ पुग्ने अध्ययनको निष्कर्ष रहेको छ ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा प्रकाशित उक्त अध्ययनमा भनिएको छ, ‘यी अनुमानले महामारी व्यापक फैलिने संभावना रहेको र यसबाट स्वास्थ्य प्रणालीमा थेग्नै नसकिने चाप पर्ने देखाउँछन् ।’

त्यस्तै, अध्ययनमा संलग्न गणितज्ञहरूले आफूहरूको अनुमान सामान्य अंकगणितीय विधिमा आधारित रहेको र महामारीको विकासक्रमलाई थप परिस्कृत मोडेलमार्फत् अध्ययन गर्दै यात्रामाथिको प्रतिबन्ध हटाउने वा नहटाउने भनेर तय गर्नुपर्ने सुझाव दिएका छन् ।

चीनले कोभिड-१९ विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै यात्रा र हिँडडुलमाथि कडाइ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?