+
+

एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १२:०७

१३ मंसिर, चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । आइतबारसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङको समेत उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् ।

आइतबार नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश अध्यक्ष केपी शर्मा ओलीसमक्ष पठाएका थिए । वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङलाई ओलीले उपाध्यक्षको सूचीमा राखेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशन अन्तर्गत आइतबार रातिको बन्दसत्रमा पोखरेललाई वरिष्ठ उपाध्यक्ष प्रस्ताव गरेका थिए । सहमतिका लागि भन्दै १९ पदाधिकारीको प्रस्ताव प्रस्तुत गरेका ओलीले यदि कसैलाई चित्त नबुझेको भए त्यसैअनुसार उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गरेका थिए । तर तोकिएको समय अवधिभित्र बरिष्ठ उपाध्यक्ष पदमा अरुको उम्मेदवारी परेन ।

यसैगरी नेकपा एमालेको महासचिवमा शंकर पोखरेल पनि सर्वसम्मत चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?