+
+

एमाले सचिवमा टंक कार्कीले दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १०:४३

१३ मंसिर, चितवन । नेकपा (एमाले)का नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

सौराहमा चलिरहेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी र्शा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए, जसमा सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम छ ।

त्यसमा असहमत नेताहररूले छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?