
१३ मंसिर, काठमाडौं । ‘मिस युनिभर्स नेपाल’की विजेता सुजिता बस्नेत ‘मिस युनिभर्स’कोे ७० औं शृंखलामा भाग लिन इजरायलतर्फ उडेकी छन् ।
त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतको टिमले शनिबार उनलाई बिदाइ गरेकोे हो । सुजिताले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यसपटक नेपाललाई ताज जिताउने आशा व्यक्त गरिन् । उनले आफ्नो तर्फबाट उत्कृष्ट प्रस्तुति दिने पनि बताइन् ।
गत महिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’को फाइनलमा सुजिताले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिएकी थिइन् । प्रतियोगिताका लागि उनले नेपालको पहिचान झल्कने एक पोशाक समेत तयार पारेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4