+
+

तीन दिनको विवाह कार्यक्रमका लागि कट्रिना-विक्कीले बुक गरे ४५ होटल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १२:१२

१३ मंसिर, काठमाडौं । बलिउड कपल विक्की कौशल र कट्रिना कैफले विवाह गर्न लागेको खबर त अब नयाँ भएन । उसो त यी दुईले अहिलेसम्म विवाहको विषयमा कुनै औपचारिक घोषणा गरेका छैनन् ।

तर, डिसेम्बर ७ देखि ९ सम्म यी दुईले विवाह गर्दैछन् । विवाहका लागि केही समय अगाडिबाट नै तयारी पनि शुरु गरिएको छ ।

विक्की र कट्रिनाको बिहेमा बलिउडकर्मी, आफन्त र साथीभाइहरुको बाक्लो उपस्थिति हुनेछ । यसैले पनि विवाह समारोहलाई भव्य बनाउन यी दुईले कुनै कसर बाँकी नराख्ने देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विक्की र कट्रिनाको विवाहका लागि ४५ वटा होटल बुक गरिएको छ । महंगा र आरामदायी होटलमा विवाहमा पुगेका पाहुनाहरु बस्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?