+
+

संगम केसीले जिते वार्सटाइनर गल्फको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १३:३९

काठमाडौं । यो वर्षको वार्सटाइनर गल्फ प्रतियोगिता–२०२१ को उपाधि संगम केसीले जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा नोभेम्बर २६ र २७ मा भएको प्रतियोगितामा केसीले उपाधि जितेका हुन् । ३/४ स्टेबलफोर्ड ढाँचामा खेलेका केसीले ४१ अंकका साथ च्याम्पियनसिप जितेका हुन् ।

सञ्जीव तिवारी ३८ अंकका साथ पुरुष उपविजेता बने । हरि थापा ३३ अंकका साथ ग्रस बिजेता बने । प्रतियोगितामा गीता गुरुङले २९ अंक जोड्दै महिलातर्फको उपाधि जितिन् ।

त्यस्तै, लेफ्टिनेन्ट जनरल विजय एसजेबी राणाले ३८ अंक सहित सिनियर खण्डको उपाधि जितेका छन् । मेजर जनरल विजय मोक्तानले ३६ अंक जोड्दै सिनियर रनरअपको उपाधि जितेका छन् ।
मिथुन राईले मोस्ट बर्डीजको अवार्ड जिते भने फुरसाङ लामाले लङ्गेस्ट ड्राइभको अवार्ड जिते । क्लोजेस्ट टु द पिनको उपाधि भाइराजा पाण्डेले जिते । लेफ्टिनेन्ट कर्णेल ईश्वर बुढाथोकीले ३९ अंकका साथ अतिथि बिजेताको रुपमा उपाधि जिते । तथा बेष्ट स्पोर्टस्मानको उपाधि तेज बहादुर राईले जिते ।

बिजेताहरुलाई जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रमुख बिक्री अधिकृत प्रविरकुमार नाग, पूर्वप्रधानसेनापति प्रज्वल एसजेबी राणा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचन्द्र बहादुर श्रेष्ठ, क्याप्टेन राजेन्द्रमान शेरचन, पूर्वअध्यक्ष मधुकर याक्थुम्बा र नेपाल गल्फ एसोसिएसनका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको बिजेतालाई वार्सटाइनर ट्रफी प्रदान गरिएको थियो भने अन्य विभिन्न १२ विधाका बिजेताहरुलाई आकर्षक पुरस्कार प्रदान गरेका थिए ।

नेपालमा गल्फको प्रर्वद्धनका लागि २०१६ मा विश्वप्रसिद्ध जर्मन वियर नेपालमा ल्याइएपछि वार्सटाइनर प्रिमियम जर्मन वियर प्रतिष्ठित रोयल नेपाल गल्फ क्लबसँग आबद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?