
१३ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा (सिनेट) मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
त्रिवि सभाका लागि त्रिविको केन्द्रीय कार्यालय भवनमा विशेष स्थान छुट्याएको भएपनि प्रधानमन्त्रीको व्यस्तताको कारण बालुवाटारमा नै सभा बस्ने निर्णय भएको शिक्षाध्यक्ष शिवाला भुसालले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूको व्यस्त समय तालिका भएको र अरु विश्वविद्यालयले पनि यही गरिरहेको छ तपाईंहरुले पनि यही गर्नुहोस कुलपतिज्यूले भन्नुभएपछि हामीले पनि त्यहीँ बस्ने निर्णय गरेका हौं ।’
मंगलबार बस्ने त्रिवि सभाको बैठकले बजेट, नीति तथा कार्यक्रम पास गर्ने शिक्षाध्यक्ष भुसालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4