+
+

कर्मचारीलाई अफिसमा फोन चार्ज गर्नमा प्रतिबन्ध !

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १३ गते १८:५७

१३ मंसिर, काठमाडौं । निजी क्षेत्रका धेरै कर्मचारीहरुको गुनासो हुनछ कि हाकिमले उनीहरुको कुरा नै सुन्दैन । कतिपय हाकिमहरु यस्ता पनि हुन्छन् कि कर्मचारीलाई दुख दिने नियतले अनौठा खालका आदेश तथा नियम जारी गर्दछछन् । पछिल्लोपटक एउटा यस्तै हाकिमको आदेश सोसल मिडियामा चर्चाको विषय बनेको छ ।

सोसल मिडिया साइट रेडिटमा पछिल्लो समय एउटा पोस्टर निकै भाइरल बनिरहेको छ । उक्त पोस्टरमा एकजना हाकिमले आफ्नो अफिसका कर्मचारीहरुका लागि एक अनौठो आदेश जारी गरेको छ । जसका कारण त्यहाँका सबै सबैभन्दा दिक्क भएका छन् ।

उक्त आदेश अनुसार सो अफिसमा कर्मचारीहरुलाई कार्यालय समयमा आफ्नो फोन चार्ज गर्न बन्देज लगाइएको छ । नियम तोडेर फोन चार्ज गर्ने कर्मचारीहरुको तलब कटौति गरिने चेतावनी पनि आदेशमा दिइएको छ ।

आदेशमा लेखिएको छ, ‘कुनैपनि कर्मचारीले अफिसमा आफ्नो मोबाइल फोन वा कुनैपनि प्रकारको विद्युतीय उपकरण चार्ज नगर्नुहोला । यदि कसैले यस्तो गरेमा त्यसलाई बिजुलीको चोरी गरेको मानिनेछ । जो कर्मचारीले त्यस्तो गर्दछ उसको तलब कटौति गरिनेछ । त्यसैले सबैले अफिसमा आफ्नो फोन स्विच अफ गरेर राख्नुहोला ।’

उक्त अनौठो तथा निरंकुश आदेशको सोसल मिडियामा व्यापक आलोचना भैरहेको छ । कर्मचारीले फोन चार्ज गर्दा समेत बिजुली चोरी हुनेभए कर्मचारीहरुर्ला अतिरिक्त समय कायम गराउनु विजुलीको गलत प्रयोग भएको कतिपयको तर्क छ ।

रेडिटमा पोस्ट गरिएको उक्त पो्स्टर कहाँको घटना हो भन्ने चाहीँ पुष्टि भएको छैन । एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?