
१३ मंसिर, चितवन । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अझैसम्म मतदान हुन सकेको छैन ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् भने ६ उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध हुँदा ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ । नेताहरुका अनुसार पदाधिकारीमा सहमतिको सम्भावना छैन ।
केन्द्रीय सदस्यमा पनि केपी शर्मा ओलीले प्रस्ताव गरेभन्दा थप उम्मेदवारी गरेको छ । तर थुप्रै क्लस्टरमा निर्विरोध भएको छ भने बाँकीमा पनि निर्विरोध गर्ने प्रयास भइरहेको नेताहरु बताउँछन् । सहमतिको प्रयास चलिरहेकै कारण केन्द्रीय निर्वाचन आयोगले अझैसम्म उम्मेदवारहरुको अन्तिम सूची प्रकाशित गरेको छैन ।
उम्मेदवारहरुको सूची प्रकाशित भएपछि विद्युतीय भोटिङ मेसिनमा नाम इन्ट्री गर्न केही घण्टा समय लाग्छ । त्यसपछि बल्ल मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया 4