+
+

म उम्मेदवार हुँदा कोही अपमानित हुनुपर्दैन : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १३:०३

१४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका राजेन्द्र लिङ्देनले आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित महसुस गर्नुनपर्ने बताएका छन् ।

आफ्नो उम्मेदवारी घोषणालाई उनले देश बचाउने र राप्रपालाई एक नम्बरको पार्टी बनाउने अभियानको रुपमा व्याख्या गरे ।

राप्रपाका एकजना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेको जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले सो कुरा बताएका हुन् ।

राप्रपा अध्यक्ष कमल थापाले लिङ्देनलाई अझै चार वर्ष पर्खिन गरेको आग्रहको जवाफ पनि लिङ्देनले सोही कार्यक्रममा दिए । उनले भने, ‘मैले उम्मेदवारी घोषणा गर्दैमा कसैले अपमानित हुनु पर्दैन । म बन्नुमा उहाँको (कमल थापाको) पनि लगानी छ ।’

पुस्ता र उमेरको कुरा गरेर मात्रै अध्यक्षको उम्मेदवार बन्ने घोषणा नगरेको बताउँदै उनले भने, ‘उमेर र पुस्ताको कुरामात्रै होइन । उमेरको कुरा गर्ने हो भने राजाको आशिर्वाद लिएर ३०-४० वर्षको उमेरमा मन्त्री भएका थिए । त्यसबेला हामीले सोधेका थियौं र ? यो राप्रपा मात्र होइन, देश बचाउने सन्देश लिएर जाने कुरा हो ।’

राप्रपालाई बचाउन राप्रपाभन्दा बाहिरका मान्छे पनि पार्टीमा ल्याउनुपर्ने बताउँदै उनले कार्यकर्ताको कुरा सुन्न थापालाई आग्रह गरे । ‘राप्रपालाई बचाउन राप्रपाभन्दा बाहिरको मान्छे ल्याउनुपर्छ । सम्पूर्ण कार्यकर्ताको कुरा सुन्नुस्, यहाँभन्दा बाहिरको कुरा सुन्नुस् ।’ राप्रपाभित्रको कुरामात्रै सुन्दा तीन प्रतिशतमा खुम्चिनुपरेको कुरालाई स्मरण गर्न उनले आग्रह गरे ।

राप्रपाको नेतृत्व परिवर्तन नभए अन्य दलको दलाली गरेर दुई-चारवटा मन्त्री पद पाउने पार्टीमात्रै हुने बताउँदै उनले भने, ‘मेरो कल्पनाको, सपनाको पार्टी त्यो होइन । राप्रपालाई अग्रजहरुकै सल्लाहमा, उपस्थितिमा एक नम्बर पार्टी बनाउने अभियान हो ।’

लिङ्देनले राप्रपाका अन्य दुई अध्यक्ष (कमल थापा र पशुपति शम्सेर जबरा)लाई पनि समर्थन गरिदिन आग्रह गरे । लिङ्देनले ६ महिनाभित्र राजसंस्था, हिन्दु राष्ट्र र भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्ने साना पार्टी र संस्थासँग मिलेर संयुक्त आन्दोलन गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?