
१४ मंसिर, काठमाडौं । प्रविशा अधिकारी र अनन्त केसीको स्वरमा रहेको ‘सानो कुरामा’बोलको गीत सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको यो गीत प्रकाश केसीले लेखेका हुन् ।
गीतको भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका छन् । परिवारमा आएको विभाजन र संयोजनलाई म्युजिक भिडियोमा उतारिएको छ । म्युजिक भिडियोमा जीबी चिरन र रोशनी कार्कीले अभिनय गरेका छन् ।
अनन्तको यो पहिलो रेकर्डेड गीत हो । यो गीतमा आफूले धेरै मिहिनेत गरेको र यसबाट धेरै आशावादी रहेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4