+
+

एकै दिन विमानस्थलबाट २१ किलो ‘झिटिगुन्टा’ सुन बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १५:२५

१४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर झिटिगुन्टाका नाममा गहनाका आकारमा भित्र्याइएका कच्चा सुन बरामद गर्न शुरु भएको छ । सोमबार मात्रै विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गए फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो गहाना आकारका सुन बरामद गरेको छ ।

दुबई, कतार र मलेसियाबाट नेपाल फर्किएका ४१५ जना यात्रुले बालाको आकारमा ल्याएको सुन नियन्त्रणमा लिइएको भन्सार विभागले जनाएको छ ।

विदेशबाट नेपाल फर्किने नेपालीलाई दिइएको झिटीगुन्टाको सुविधा अन्र्तगत ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरी ल्याउन पाइन्छ । सोही सुविधालाई दुरुपयोग गर्दै तस्करले बालाको आकार दिएर काँचो सुनको तस्करी गरेको आशंकापछि भन्सारले गहना आकारमा मात्रै ढालिएका सुनलाई बरामद गर्न अभियान थालेको हो ।

एक दिनमै यसरी भित्रिएको बाला आकारको ठूलो परिमाणको सुनलाई भन्सार तिर्न अनिवार्य गरिएको छ । मंगलबार बिहानसम्म सुन बोकेर आएका १९५ जना यात्रुले बरामद भएकोमध्ये ९ किलो ९७६ ग्राम सुन भन्सार तिरेर लगेका छन् भने बाँकी सुनको भन्सार तिर्न यात्रुहरु आउने क्रम जारी रहेको विभागले जनाएको छ । यस्तो सुनमा भन्सार रकम हालसम्म ९४ लाख ६५ हजार ५४८ रुपैयाँ भन्सार संकलन भएको छ ।

झिटिगुन्टा नियमअनुसार ५० ग्राम बाहेक थप २०० ग्रामसम्म सुन ल्याउने सुविधा छ । यसरी सुन ल्याउँदा ५० ग्रंाममा भन्सार लाग्दैन भने २०० ग्राममा भन्सार तिर्नुपर्छ । सो भन्दाबढी सुन ल्याए जफत हुन्छ ।

यस्तै व्यक्तिगत प्रयोजनबाहेकमा १०० ग्रामसम्मको सुन भन्सार तिरेर ल्याउन पाए पनि सो भन्दा बढी भित्र्याए जफत हुन्छ । विमानस्थलमा अहिले फेला परेको सुन गहनाको रुपमा २५० ग्राम र व्यक्तिगत प्रयोगको रुपमा एक सय ग्राममा दिइएको सुुविधा अन्र्तगतको भएको भन्सार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?