+
+

निर्वाचन समितिलाई तत्काल पूर्णता दिन निधिको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १५:५३

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय निर्वाचन समितिमा तत्काल एक जना मनोनित गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय निर्वाचन समितिको संयोजकबाट वरिष्ठ अधिवक्ता महादेव यादवले राजीनामा दिएपछि समिति हाल निर्वाचन समिति ४ सदस्यीय छ । कांग्रेसको विधानमा निर्वाचन समिति ५ सदस्यीय हुनैपर्ने व्यवस्था रहेको भन्दै निधिले ५ सदस्यीय समिति नभए निर्वाचनको वैधतामाथि प्रश्न उठ्ने बताएका हुन् ।

निधिले प्रदेश अधिवेशनअघि नै निर्वाचन समितिलाई पूर्णता दिनुपर्ने बताए । ‘बाँकी अधिवेशन र निर्वाचन गराउन चार जनाले मात्र हुँदैन, नकारात्मक सन्देश जान्छ । ५ जनाको निर्वाचन समितिले तलदेखि माथिसम्मको निर्वाचन गरायो भन्दा राम्रो सन्देश जान्छ’ उनले भने ।

उनले राजीनामा दिएका यादवलाई राजीनामा फिर्ता गराउन लगाउनुपर्ने वा अर्को मान्छे नियुक्त गर्नुपर्ने बताए ।

निर्वाचन समितिका संयोजक यादवले हतारमा राजीनामा दिएको भन्दै निधिले राजीनामा स्वीकृत पनि हतारमै भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?