+
+

हिमाल सरसफाइ व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १४ गते १९:०३

१४ मंसिर, काठमाडौं । नेपालको पर्वतीय एवं उच्च हिमाली क्षेत्रका फोहोरलाई दिगो व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मार्ग निर्देशन बनाउने उदेश्यले आगामी जुनमा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

सम्मेलनमा हिमालय क्षेत्रका काम गरेका विभिन्न वैज्ञानिक, इन्जिनियर, वातावरण विज्ञ, डाक्टरलगायत सहभागिता रहने भएको छ । यो सबै कामको मोडालिटी तय गर्न नेपाल बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र स्पेसिनस कम्पनी द नेभररेस्ट प्रोजेक्टका प्रोजेक्ट डाइरेक्ट फेडरिक काउफमेनबीच सम्झौता भएको छ ।

सम्मेलनमा यसअघि नेपाली सेनाले गर्दै आएको हिमाल सरसरफाइसम्बन्धी तथ्यांककाे अध्ययन तथा विश्लेषण गरिने बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले जानकारी दिए । उनका अनुसार विश्वका अन्य देशका पर्वतीय एवं उच्च हिमाली क्षेत्रमा रहेको फोहरको दिगो व्यवस्थापनमा भएका मोडालिटीहरुको पनि अध्ययन हुनेछ । विश्वभर नै पर्वतीय एवं उच्च हिमाली क्षेत्रमा हुने फोहोर व्यवस्थापन तथा सरसफाइबारे अध्ययन अनुसन्धानबाट मापदण्ड बनाइने रेग्मीले बताए ।

यसबाट हिमालको दिगो व्यवस्थापन गर्दै भावी पुस्तालाई स्वच्छ हिमाल हस्तान्तरण गर्न सकिने र विश्व समुदायमा हिमालको महत्व, हिमाल आरोहण गर्दा फोहर व्यवस्थानका अरु विषयमा साझा धारणा तय हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?