+
+

वैज्ञानिकले फेला पारे अनौठो तातो ग्रह, जहाँ १६ घण्टाको एक वर्ष हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते ११:२९

वैज्ञानिकहरूले ब्रम्हाण्डमा निरन्तर नयाँ नयाँ खोज अनुसन्धान गरिरहेका छन् । हालै वैज्ञानिकहरूले ब्रम्हाण्डमा बृहस्पति जस्तै एक नयाँ ग्रह पत्ता लगाएका छन् । अनौठो त के भने उक्त ग्रहमा मात्र १६ घण्टाको एक वर्ष हुन्छ ।

वैज्ञानिकहरूले उक्त नयाँ ग्रहको नाम TOI-2109b राखेका छन् । यो ग्रह ब्रम्हाण्डमा पाइएको दोश्रो सबैभन्दा तातो ग्रह हो । यो ग्रहको सतहको तापक्रम ३३०० डिग्री सेल्सियस छ । अल्ट्राहट जुपिटर पनि भनिने यो ग्रहमा विशाल ग्याँस भण्डार छ । यसले केवल १६ घण्टामै आफ्नो तारालाई परिक्रमा गर्दछ ।

यो ग्रहको घनत्व बृहस्पति ग्रहको भन्दा पाँच गुणा धेरै छ ।

वैज्ञानिकहरूका अनुसार अहिलेसम्म ४ हजार भन्दा धेरै यस्ता ग्रहहरू पत्ता लागिसकेका छन् जो सौर्यमण्डलभन्दा बाहिर छन् ।

तीमध्ये कतिपय ग्रह त यस्ता छन् जसले हाम्रो पृथ्वीभन्दा हजारौँ प्रकाश वर्ष टाढा रहेका ताराको परिक्रमा गरिरहेका हुन्छन् ।

पछिल्लोपटटक पत्ता लागेको ग्रह सबैभन्दा अनौठो हुनुको कारण यसले केवल १६ घण्टामै आफ्नो ताराको परिक्रमा गर्नु हो । जसका कारण यसमा केवल १६ घण्टामै एक वर्ष हुन्छ । यसको एक वर्ष त पृथ्वीमा एक दिनपनि हुँदैन ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट अन्तरगत MIT नेतृत्वको अनुसनधान मिसनले उक्त नयाँ ग्रह पत्ता लगाएको हो । यो ग्रह आफ्नो ताराको नजिक कसरी जान्छ भन्ने कुरा एक दुई वर्षमै पत्ता लगाइसक्ने प्रमुख अनुसन्धानकर्ता इयान वोंग बताउँछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?