+
+

टीआरपीको टप १० मा पनि परेनन् अमिताभ, सलमान, रणवीर र कपिलको शो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते ११:४३
फाइल तस्वीर

१६ मंसिर, काठमाडौं । बलिउडका चर्चित कलाकारहरु टेलिभिजनमा रियालिटी शो सञ्चालन गर्न पनि अगाडि नै छन् । उनीहरुमाथि यस्ता शोका निर्माताले करोडौं खर्च गर्छन् ।

अभिनेताह अमिताभ बच्चन र सलमान खान टेलिभिजनका लागि नयाँ अनुहार होइनन् । अर्का अभिनेता रणवीर सिंहले पनि केही समयदेखि नयाँ शो लिएर दर्शकमाझ आएका छन् ।

यस्तै, कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा शो’ पनि चर्चामा छ ।

तर, यी कलाकारमाथि टेलिभिजन सञ्चालकले करोडौं रकम खर्च गरेपनि उनीहरुका शोले दर्शकको ठूलो संख्यालाई आकर्षित गर्न सकेको छैन ।

ब्रोडकास्टिङ अडियन्स रिसर्च काउन्सिल इण्डियाले पछिल्लो ५ हप्ताको टीआरपी रेटिङ सार्वजनिक गरेको छ । तर, यो सूचीमा अमिताभ, सलमान, रणवीर र कपिलको शो समावेश छैन ।

अमिताभको ‘केबीसी १३’, सलमानको ‘बिग बोस १५’, रणवीरको ‘द बिग पिक्चर्स’ र कपिलको ‘द कपिल शर्मा शो’ टप १० मा पनि परेका छैनन् ।

यसअघि सफल देखिएका ‘केबीसी र बिग बोस’ यो वर्ष फिक्का देखिएका छन् । रणवीर सिंहको टेलिभिजन डेब्यु फ्लप भएको छ । यो शोमाथि टेलिभिजनले राम्रो लगानी पनि गरेको थियो । तर, शोले खासै दर्शक तान्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?