+
+

ओमिक्रोनका कारण भारतीय शहरमा उडान विस्तारको योजना अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १३:४२

१६ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमले कोरोना भाइरसको महामारी फैलिएपछि उडान बन्द गरेको भारतीय शहर मुम्बई र बैङ्लौरमा उडान शुरु गर्न गरेको तयारी कोरोनाको नयाँ भेरियन्टका कारण पुनः अन्योलमा परेको छ ।

भारत सरकारले १५ डिसेम्बरबाट एयर बबल स्किम हटाएर अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको थियो । तर, बुधबार यो निर्णय स्थगित गरिएको छ । जसका कारण नेपाल एयरलाइन्सले मुम्बई र बैङ्लौरमा गरेको उडानको तयारी समेत अवरुद्ध बनेको हो ।

नेपाल एयरलाइन्सले १८ डिसेम्बरबाट बैङ्लौरमा साताको दुई (मंगलबार र शनिबार) र मुम्बईमा १९ डिसेम्बरबाट साताको दुई (आइतबार र बुधबार) उडानको योजना बनाएको थियो । निगमले यो तालिका सार्वजनिक गर्ने तयारी गरिरहेकै समयमा भारतको नयाँ नियम सार्वजनिक भएको हो । जसले गर्दा निगमको भारतको उडान पुनः अवरुद्ध भएको हो । अहिले निगमले भारतको नयाँ दिल्लीमा दैनिक एक उडान गरिरहेको छ ।

निगमले काठमाडौंबाट दुबईमा भने थप दुई उडान गर्ने तयारी गरेको छ । काठमाडौं–दुबई–काठमाडौं रुटमा अहिले दैनिक एक उडान भइरहेको छ । ५ डिसेम्बरपछि आइतबार र बुधबार थप एक/एक गरि सातामा कुल ९ उडानको योजना निगमले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?