+
+

विमानस्थलबाट बुधबार १५ किलो ‘झिटिगुन्टा’ सुन बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १४:१५

१६ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बुधबार पनि १५ किलो १६ ग्राम सुन बरामद गरेको छ ।

झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको तेस्रो दिन ३२६ यात्रुबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।

सुन ल्याउने यात्रुहरु मलेसिया, दुबई र कतारहुँदै नेपाल आएका हुन् । तीन दिनदेखि जारी अभियानमा बुधबार मध्यरातसम्म ९६२ यात्रुले सुन बोकेर नेपाल आएको पाइएको छ । यसरी नेपाल भित्र्याइएको सुनको कुल परिमाण ४७ किलो १६ ग्राम पुगेको छ ।

हालसम्म ४१० यात्रुले नियमअनुसार लाग्ने राजश्व तिरेर १३ किलो १२ ग्राम सुन फिर्ता लगेका छन् । यसबापत एक करोड २६ लाख ८७ हजार ४०५ रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?