+
+

हिमपातका कारण रारा र सिमकोटमा उडान प्रभावित

बिहीबारदेखि प्रतिकुल बनेको मौसम र हिमपातका कारण उच्च हिमाली भेगमा हवाई उडान प्रभावित बनेको छ । नेपालगञ्ज विमानस्थलबाट बिहीबारका लागि निर्धारित रारा र सिमकोटका लागि सबै उडान रद्द भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १७:०९
फाइल तस्वीर

१६ मंसिर, काठमाडौं । बिहीबारदेखि प्रतिकुल बनेको मौसम र हिमपातका कारण उच्च हिमाली भेगमा हवाई उडान प्रभावित बनेको छ । नेपालगञ्ज विमानस्थलबाट बिहीबारका लागि निर्धारित रारा र सिमकोटका लागि सबै उडान रद्द भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले वर्षा र हिमपात हुने भन्दै बिहीबार सचेत समेत गराएको थियो । नेपालगञ्जबाट बिहीबार सुदूरपश्चिमका विमानस्थलहरुमा भने उडान भएको छ ।

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार बिहीबार सिमकोटमा सीता एयरको तीन, नेपाल एयरलाइन्सको एक, तारा एयरको दुई र समिट एयरको एक गरी कुल ७ वटा उडान रद्द भएको छ ।

रारामा सीताको एक, नेपाल एयरलाइन्सको एक, ताराको दुई र समिट एयरको एक गरी कुल ५ वटा उडान रद्द भएको छ । नेपालगञ्बाट काठमाडौंका लागि भने नियमित उडान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?