+
+

लुम्बिनीको विशेष योजना बनाऔं : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनी र योसँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका विभिन्न बुद्धस्थललाई जोडेर विशेष योजना बनाउनुपर्ने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १८:०२

१६ मंसिर, बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनी र योसँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका विभिन्न बुद्धस्थललाई जोडेर विशेष योजना बनाउनुपर्ने बताएकी छन् ।

लुम्बिनी विश्वविद्यालयको १७ औं वार्षिकोत्सवका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा उनले संघ, स्थानीय र प्रदेश सरकारले लुम्बिनीसंग सम्बन्धित सबै स्थानलाई जोडेर विशेष योजना बनाउनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न समेत आग्रह गरिन् । लुम्बिनी संसारभरका बौद्धमार्गीको लागि विशेष महत्वको स्थल भएकाले लुम्बिनीको विकासमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताइन् ।

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बुद्धका उपदेश अहिले पनि सबैका लागि अनुकरणीय रहेको बताए । समारोहमा शिक्षामन्त्री देवेन्द्र पौडेलले बुद्ध शिक्षासँग जोडिएका विषयलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने बताए ।

वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयले लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन समेत गरेको थियो । सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुले बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?