
१६ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरपालिका समितिको अध्यक्षमा सुरज खाती निर्वाचित भएका छन् ।
खातीले आशिष बम र मुरारी अधिकारीलाई पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित खातीले ३५ मत पाउँदा बमले १२ र अधिकारीले २४ मत पाए ।
नगर समितिको उपाध्यक्षमा ललित खत्री, मन्तोरा राना र दीपक रावल निर्वाचित भएका छन् । खत्रीले ४६, राना र रावलले ४१ पाए ।
सचिवमा रमेशप्रसाद भट्टराई, सहसचिव सुरेश सुनार र कोषाध्यक्षमा सूर्य शर्मा निर्वाचित भएका छन् । माओवादी केन्द्रले पालिका अधिवेशनबाट धनगढी उपमहानगरपालिकामा ७१ सदस्यीय नगर समिति चयन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4