+
+

बालाचतुर्दशी : पशुपतिमा शतवीज छर्नेको भीड (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ मंसिर १७ गते ९:३८

 १७ मंसिर, काठमाडौं । आज मार्गशीर्ष कृष्णचतुर्दशी अर्थात् बालाचतुर्दशी पर्व । हरेक वर्ष जस्तै आज बिहानै शतवीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ ।

त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतवीज छर्ने परम्परा रहिआएको छ ।

यस अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । आज बिहान मिर्मिरेमै पशुपति क्षेत्रमा भक्तजनहरूको भीड लागेको छ ।

बिहीबार रातिदेखि नै रातभर जाग्राम बसेका र बिहानै पशुपति पुगेका व्यक्तिहरूले पितृको सम्झनामा शतवीज छरेका छन् ।

तस्वीरहरू : आर्यन धिमाल

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?