
१७ मंसिर, काठमाडौं । प्रकु पाण्डेको निर्देशनमा बनेको चलचित्र ‘ईओजी (एरर्स अफ गड)को टिजर सार्वजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा तयार भएको यो चलचित्रमा विकास जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतीक दुलाल, अस्मिता खनाल लगायतका कलाकारको अभिनय छ ।
संगीत सापकोटाको लेखन रहेको चलचित्रमा सगुन पोख्रेलको लगानी छ । चलचित्रमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई प्रस्तुत गरिएको छ । क्राइसिस ज्याकको छायांकन रहेको यो चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4