+
+

संकटासँग हारबाट जोगियो मनाङ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते १५:१६
फाइल तस्वीर

१८ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा संकटा र मनाङ मर्स्याङ्दी क्लबले अंक बाँडेका छन् ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा मनाङ र संकटले २–२ को बराबरी खेलेका हुन् । खेलमा दुई पटक अग्रता बनाएको संकटाले अन्तिम समयमा गोल खाएको थियो ।

मनाङका लागि इन्जुरी टाइमको चौथो मिनेटमा फ्रांकलिन क्वेटे टालाले बराबरी गोल गरेका हुन् ।

खेलमा संकटाका लागि निरज बस्नेत र उत्तम राईले गोल गरे । खेलको ३१ औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडर गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर चार मिनेटपछि नै मनाङले बराबरी गोल फर्कायो । ३५ औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले आफिजले मिलाएको पासमा दयानन्दले गोल गरे ।

दोसो हाफमा संकटाले मनाङमाथि दोस्रो पटक अग्रता लियो । ७०औं मिनेटमा उत्तम राईले फोडे फोफानाको पासमा गोल गर्दै संकटालाई अग्रता दिलाए । तर ईन्जुरी टाईममा विदेशी खेलाडी टालाले गोल गर्दै मनाङको हार टारे ।

बराबरीपछि मनाङ ३ खेलबाट ७ अंक जोड्दै दोसो स्थानमा छ । संकटा समान खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?