+
+

नागाल्याण्डमा सेनाको गोली लागेर १३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १४:४०

१९ मंसिर, काठमाडौं । भारतको नागाल्याण्ड राज्यमा सेनाको गोली लागेर दर्जन बढीको मृत्यु भएको छ ।

शनिबार साँझ म्यानमारसँग सीमा जोडिएको दुर्गम क्षेत्रमा सुरक्षाकर्मीले सर्वसाधारणमाथि गोली चलाएको नागाल्याण्डका प्रहरीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । घटनालगत्तै आक्रोशित स्थानीयले सेनाको गाडीमा आगजनी गरेका थिए ।

‘यतिबेला मोन जिल्लाभर अवस्था निकै तनावपूर्ण छ’, नागाल्याण्डका प्रहरी अधिकारी सन्दीप एम टामगडजेले भने, ‘हामीले नागाल्याण्डभन्दा बाहिरका एक श्रमिकसहित १३ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छौं ।

यसैबीच, नागाल्याण्डका मुख्यमन्त्री नेइफिउ रियोले रोइटर्स समाचार माध्यमसँग कुरा गर्दै घटनालाई गुप्तचर निकायको असफलता भन्दै निन्दा गरेका छन् । छानबिन गरेर दोषीलाई कारबाही गरिने पनि उनको भनाइ छ ।

नागाल्याण्डस्थित एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार मोन जिल्‍लाको ओटिङ गाउँमा विद्रोहीविरुद्ध आसाम राइफल्सले गरेको सुरक्षा कारबाहीका क्रममा उक्त घटना भएको थियो । आसाम राइफल्सको क्याम्प नजिकै कोइला खानीका ३०-३५ मजदुर बोकेको ट्रकमाथि गुडिरहेका बेला सुरक्षाकर्मीले गोली चलाएको अधिकारीले बताएका छन् ।

‘उक्त क्षेत्रमा विद्रोहीको गतिविधिबारे सुरक्षाकर्मी (आसाम राइफल्स) लाई सूचना आएको थियो’, नाम गोप्य राख्ने शर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले रोइटर्ससँग भने, ‘सुरक्षाकर्मीले ट्रक देख्नेबित्तिकै मजदुरलाई विद्रोही ठानेर गोली चलाउँदा ६ जना मजदुरको घटनास्थलमै मृत्यु भएको थियो ।’

गोली चलेको खबर फैलिएपछि सैयौं स्थानीयले आसाम राइफल्सको क्याम्प घेर्न पुगेका थिए । सामान्य हतियार बोकेको आक्रोशित भीडले सेनाका गाडीमाथि आगो लगाएको र यस क्रममा दुबै पक्षबीच झडप हुन पुगेको समाचारमा उल्लेख छ ।

झडपका क्रममा एक सुरक्षाकर्मीसहित ८ जनाको मृत्यु भएको अधिकारीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?