+
+

नेवानिले दुबईमा सातामा दुई उडान थप्दा मन्त्री आलेले काटे केक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १६:४९

१९ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले दुबईमा सातामा उडान संख्या थप गरेको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले केक काटेका छन् ।

दुबईमा यसअघि हरेक दिन एक/एक वटा उडान भइरहेकोमा आइतबारबाट थप दुई (आइतबार र बुधबार) उडान हुने भएको छ ।

नेपाल एयरलाइन्सका अनुसार आइतबार थपिएको उडानका दौरान यात्रुलाई शुभकामना र कर्मचारीलाई हौसला दिन पर्यटनमन्त्री आले विमानस्थल पुगेको हुन् । जहाँ उनले रिवन काट्नुका साथै केक समेत काटेको तस्वीर नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment