+
+

आर्मी ‘ए’ ले जित्‍यो थ्री बाइ थ्री पुरुष बास्केटबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १८:२४

१९ मंसिर, काठमाडौं । नेपाल आर्मी ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा आर्मी ‘ए’ ले गोल्डेनगेट ‘ए’ लाई २१–१५ ले पराजित गर्‍यो । उपाधिसंगै आर्मी ‘ए’ ले ४० हजार नगद पुरस्कार पायो । उपविजेता गोल्डेनगेट ‘ए’ ले २० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा आर्मी ‘ए’ का विनोद महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसेन गुरुङ, महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा २० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद विष्टले जनाएका छन् ।

प्रतियोगितको प्रायोजकहरुमा क्लब प्लाटिनम, एलओडी, झमेल बिट्स, मातृका आई सेन्टर, होटल विराजमान, टामरिन्ड रेस्टुरेन्ट, ट्रेन्ड वे इन्टरनेसनल प्रा.लि. र सन्सेट बार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?