+
+

प्रदेश-२ मा मंसिर २२ गते सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १९:३४

१९ मंसिर, जनकपुर। प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले मङ्सिर २२ गते (बुधबार) सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधवार सार्वजनिक बिदा दिइएको हो । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मङ्गलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए ।

विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थालाई मङ्सिर २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय भएको प्रमुख यादवले बताए ।

गत शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार वैवाहिक कार्यक्रम रहेको छ ।

सीताराम विवाहमहोत्सव अन्तर्गत पहिलो दिन शुक्रवार जनकपुर नगरदर्शन गरिएको थियो भने शनिवार फुलवारी लिला सम्पन्न गरिएको हो । आइतवार धनुषयज्ञ गरिएको छ ।

महोत्सव अन्तर्गत सोमबार तिलकोत्सव, मङ्गलबार मटको, बुधबार शुभविवाह रहेको छ भने बिहीबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुने जानकी मन्दीरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?