
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामूहिक दुर्घटना बिमा लगायत सम्पत्ती तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बिमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।
उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत रेग्मीले आईएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बिमा सेवा प्रदान गर्न पाउँदा खुशी लागेको बताए । बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरुलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्वसुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता उनको भनाइ थियो ।
निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सात वटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहकमाझ बिमा सेवा प्रदान गरिरहेको र कम्पनीले नयाँ नयाँ बिमा सेवा शुरु गरी सरल बिमा र सहज दावी भुक्तानीमा बिशेष ध्यान दिइरहेको अधिकृत श्रेष्ठको भनाइ थियो ।
प्रतिक्रिया 4