+
+

वैशाख २३ गते रिलिज हुने भयो ‘लक्का जवान’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते ११:१९

२० मंसिर, काठमाडौं । दुई वर्षअघि प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नपाएको चलचित्र ‘लक्का जवान’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आगामी वैशाख २३ गते रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ ।

यो चलचित्रलाई देशभर एफडी कम्पनीले वितरण गर्नेछ । ‘लक्का जवान’को प्रदर्शन मिति यसअघि २०७६ चैत २१ गतेलाई तोकिएको थियो ।

शिवहरि पौडेलको डेब्यु निर्देशनमा बनेको यो चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।

यो चलचित्रमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन छ । अन्सुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको लगानी छ ।

मित्र डी गुरुङको सम्पादन रहेको यो चलचित्रलाई कमेडी धारमा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?