+
+

कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते ११:२१
प्रधानमन्त्री शेरबहादुर देउवा । फाइल तस्वीर

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीमा देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताए ।

उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पत्रकारहरुलाई बताए ।

कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?