+
+

प्रस्तावित राजदूत खत्री भन्छन् : एमसीसी नलिने हो भने प्रष्ट भने हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १६:२२

२० मंसिर, काठमाडौं । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इन्डो प्यासिफिकसँग जोड्नु केही हदसम्म गलत भएको बताएका छन् । साथै नेपाल र अमेरिका दुबै तर्फको गल्तीका कारण पनि एमसीसीलाई इन्डो प्यासिफिकसँग जोडेर हेरिएको बताए ।

सोमबार संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसी सम्झौताबारे छलफल हुँदा संसदबाट अनुमोदन गर्ने व्यवस्था राख्नु नेपालको गल्ती भएको बताए । यसै कारण बीआरआई (चीनको बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना) लगायतका अरु विकास सम्झौता पनि संसदबाट अनुमोदन हुनुपर्ने अवस्था आएको उनले बताए ।

‘अमेरिकाले पनि गल्ती गरेको छ, रक्षा सहायकमन्त्रीले एमसीसी, इन्डो प्यासिफिक अन्तर्गत पर्छ भनिदिनुभयो । त्यसले अर्को भ्रम फैलिएको महसुस गर्न सकिन्छ’ प्रस्तावित राजदूत खत्रीले भने ।

प्रस्तावित राजदूत खत्रीले एमसीसीले दिने सहयोग विकासका लागि अनुदान भएको र सम्झौताबारे उठेका विषयहरुमा अमेरिकाले प्रष्ट पारेको बताए । एमसीसी सम्झौता, दलहरुबीच र देशभित्रको विवादमा अल्झिएको जस्तो देखिएको भन्दै उनले भने, ‘लिने हो भने प्रष्ट भने हुन्छ । नलिने हो भने प्रष्ट भने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?