+
+

रसियाका राष्ट्रपति पुटिन भारतमा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १८:३८

२० मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक दिने भ्रमणका क्रममा सोमबार भारत आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसमा पुटिनसँग भेट गरेका छन् ।

भारत भ्रमणका क्रममा पुटिनले सैन्य र ऊर्जा सम्बन्धबारे भारतीय पक्षसँग छलफल गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

कोभिड-१९ महामारीपछि दोस्रो पटक विदेश भ्रमणमा आएका पुटिनले रुसको परम्परागत मित्र भारतसँग सैन्य तथा ऊर्जा सम्बन्ध थप सुदृढ बनाउने प्रयास गर्ने समाचारहरुमा उल्लेख छ ।

शीत युद्धताका रुस र भारतबीच घनिष्ट सम्बन्ध थियो । भारतले अहिलेसम्म कायम रहेको उक्त सम्बन्धलाई ‘विशेष रणनीतिक साझेदारी’ भन्दै आएको छ ।

‘भारत र रुसबीचको मित्रता लामो समयदेखि कायम छ’, सेप्टेम्बरमा भएको एक भर्चुअल सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनसमक्ष भनेका थिए, ‘तपाईं सधैं भारतको महान मित्र रहँदै आउनुभएको छ ।’

तर पछिल्लो समय भारत राजनीतिक एवं आर्थिक रुपमा अमेरिकासँग नजिकिन थालेको देखिन्छ । भारत र अमेरिकाबीच सैन्य सहकार्य समेत बढ्न थालेको छ । अमेरिका, जापान र अष्ट्रेलिया सम्मलित क्वाड सुरक्षा संवादमा भारत सामेल भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?