+
+

वडाअध्यक्षकै अगुवाइमा जनकपुरमा मेयरको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १९:१७

२० मंसिर, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक जना वडा अध्यक्षकै अगुवाइमा मेयर लालकिशोर साहको पुत्ला जलाइएको छ ।

जनकपुरधाम वडा नम्बर ७ स्थित तपसी चोकमा सोमबार साँझ वडा अध्यक्ष जानकीराम साहको अगुवाइमा मेयर साहको पुत्ला जलाइएको छ । यो चोक नजिकै थुपारिएको फोहोरमा आगो लगाउँदै उनीहरुले मेयरको पुत्लासमेत जलाएका छन् ।

विवाहपञ्चमी महोत्सव चलिरहँदा पनि मेयरले नगरलाई सफा बनाउन नसकेको भन्दै वडा अध्यक्ष साह, वडा सदस्यहरु एवं स्थानीय मिलेर मेयरको पुत्ला जलाएका हुन् ।

पुत्ला जलाउने क्रममा उनीहरुले ‘भ्रष्ट मेयर मुर्दावाद, जनकपुरलाई सफा गर, घूसखोर मेयर मुर्दावाद, जनकपुरको फोहोर व्यवस्थापन गर’ जस्ता नारा लगाएका छन् ।

वडा अध्यक्ष साहले जानकी मन्दिर, जनक चोक र राम मन्दिर मात्रै सरसफाइ गरेर नहुने भन्दै विवाह पञ्चमीमा डोला परिक्रमा गराइने हरेक ठाउँमा फोहोर नै रहेको बताए । बारम्बार भन्दा पनि मेयरले यसतर्फ ध्यान नदिएको उनको भनाइ छ ।

नगरमा थुप्रिएको फोहोर हटाउन ध्यान नदिएको भन्दै वडा अध्यक्षहरुले यसअघि १४ कात्तिकमा मेयरको घर अगाडि फोहोर थुपारेका थिए । यस्तै, ६ मंसिरमा मेयरको कार्यकक्षमा तालाबन्दी गरी मुख्य गेटमा धर्नासमेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?