+
+

उषा उप्रेतीको चाहना : राम्रो चलचित्रबाट डेब्यु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते ११:४५
उषा उप्रेती । फाइल तस्वीर

२१ मंसिर, काठमाडौं । टिकटकमा भिडियो बनाउँदै चर्चामा आएपछि मोडल उषा उप्रेतीले म्युजिक भिडियोमा काम गर्ने अवसर पाइन् । अहिले उनी म्युजिक भिडियोकी व्यस्त मोडलमा पर्छिन् ।

टिकटकबाट उदाएका कैयौं प्रतिभा केही महिना भिडियो खेलेर हराएका पनि छन् । तर, उषाको भने म्युजिक भिडियोमा उत्तिकै माग छ ।

उषा अब चलचित्रमा फड्को मार्ने सोचमा छिन् । उनलाई चलचित्रबाट अफर नआएको पनि होइन, तर राम्रो चलचित्रबाट मात्रै डेब्यु गर्ने सोच रहेको उषा बताउँछिन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उषाले भनिन्, ‘पहिलो चलचित्र करिअरका लागि महत्वपूर्ण हुन्छ । यसैले सबै कुरा सोचेर नै काम गर्नुपर्छ भन्ने लागेको छ । म आफूलाई पनि चलचित्रका लागि तयार पार्दैछु ।’

उषा आफूलाई रोमान्टिक लभ स्टोरी चलचित्र सुहाउने बताउँछिन् । यसैले अहिलेका चलेका नायकहरु अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का लगायतका कलाकारसँग डेब्यु गर्ने उनको इच्छा छ । यसबाहेक राम्रो ब्यानर र सफल निर्देशकको चलचित्रबाट अफर आएको खण्डमा आफू झनै उत्साहित हुने उषा बताउँछिन् ।

नेपाली चलचित्र क्षेत्र कोरोना महामारीका कारण झण्डै दुई वर्ष अस्तव्यस्त भएपनि विस्तारै लयमा फर्किंदैछ । चलचित्र निर्माणको क्रम बढिरहेको अवस्थामा म्युजिक भिडियोमा चलेका मोडलहरुले अवसर पाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?