+
+

चिनीको प्रतिकेजी मूल्य १०० रुपैयाँ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २१ गते १९:४९

२१ मंसिर, काठमाडौं । पछिल्लो समय चिनीको प्रतिकेजी मूल्य १०० रुपैयाँ पुगेको छ । असारयता किलोमै २५ रुपैयाँले वृद्धि भएर चिनीको मूल्य १०० रुपैयाँसम्म पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।  गत असारमा चिनीको बजार मूल्य ७५ रुपैयाँ मात्र थियो ।

‘असारसम्म चिनीको मूल्य नियन्त्रित नै थियो तर त्यसयता निरन्तर बढेर सय रुपैयाँ पुगेको छ,’ खुद्रा व्यवसायी कविन्द्र श्रेष्ठले भने, ‘होलसेलमा नै चिनीको मूल्य ९३ रुपैयाँभन्दा माथि पुगेको छ ।’ बजारमा भारतीय चिनी मात्रै रहेको र हरेक दिनजसो मूल्य बढेको भनेर ग्राहकलाई भन्न पनि लाज भएको श्रेष्ठले बताए ।

नेपाल खुद्रा व्यापार संघका निर्वतमान अध्यक्ष पवित्रा बज्राचार्यका अनुसार अहिले ५० किलो (एक बोरा) चिनीको होलसेल मूल्य कम्तीमा ४ हजार ६२५ रुपैयाँ पर्छ । केही होलसेलरले ५ हजार सम्ममा चिनी बिक्री गर्ने गरेका छन् । होलसेलबाट खरिद गर्दा नै किलोमा ९४ रुपैयाँसम्म लागत पर्ने चिनीको खुद्रा बजार मूल्य एक सय रुपैयाँ नाघेको उनको भनाइ छ । उनका अनुसार दशैं र तिहारको समयमा बढेको मूल्य अहिले पनि यथावत नै रहेको छ ।  चिनीको खुद्रा बिक्री गर्ने साल्ट ट्रेडिङले चिनीको मूल्यमा एकाधिकार कायम गरेको उनको आरोप छ ।

यता साल्ट ट्रेडिङले भने आफूले चिनी किलोको प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गर्ने गरेको जनाएको छ । कम्पनीले यस वर्ष सहुलियतको चिनी ल्याउन नपाएको र सीमित मात्रामा रहेको चिनी उक्त मूल्यमा बिक्री गरेको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?