+
+

अमरेशकुमार सिंह सर्लाहीबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते ८:४१

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीमा मंगलबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ । ६ प्रदेशमा प्रदेश सभा अधिवेशन सम्पन्न भइसकेका बेला सर्लाहीमा बल्ल क्षेत्रीय अधिवेशन सुरु भएको हो ।

जिल्लामा पार्टीका दुई पक्षबीच समझदारी नहुँदा सर्लाहीमा कांग्रेसको अधिवेशन प्रक्रिया अन्यौलमा परेको थियो । तीन जना जिल्ला निर्वाचन अधिकृतले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिएपछि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार चौथो निर्वाचन अधिकृत खटाएको थियो ।

चारवटा निर्वाचन क्षेत्र भएको सर्लाहीमा मंगलबार दुई वटा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ भने बाँकी दुईमा बुधबार अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

सर्लाही-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सिंहले २४८ मत पाएका हुन् । संस्थापनइतर समूहमा रहेका सिंहको प्यानल पराजित भएको हो । प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह विजयी भएको हो । मन्त्री सिंहको प्यानलले पाँच सय बढी मत पाएको छ ।

सर्लाही-२ मा दुई सिंहबीचको टकरावका कारण अधिवेशन प्रभावित हुँदै आएको हो । प्रदेश-२ का मन्त्री सिंह संस्थापन समूह निकट हुन् ।

निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि विजयी हुनेमा प्रत्यक्ष खुलातर्फ वीरेन्द्रप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, कौशलकिशोर सिंह, राजेश्वरप्रसादसिंह, उपेन्द्र कुशवाहा, रघुवीर कार्की, दिनेशकुमार रायमाझी, केशवकुमार खड्का, अजितकुमार सिंह र शिवशंकर रिजाल रहेका छन् ।

त्यस्तै चार प्रत्यक्ष महिलातर्फ रेखा देवी, उषा देवी, किरण शर्मा र देवी सिन्हा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महिला मधेशीतर्फ महाधिवेशन प्रतिनिधिमा रेखा कुमारी देवी, सुनैना देवी र अमृती कुमारी साह विजयी भएका छन् ।

प्रत्यक्ष मधेशी पुरुषतर्फ श्यामसुन्दर यादव, लक्ष्मी नारायण महतो, लालबाबु यादव र नन्दलाल महतो महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २५ महाधिवेशन प्रतिनिधिमा दलिततर्फ दुलम दास र मुस्लिमतर्फ दोस्त महम्मद निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?