+
+

सिटौला निवासमा पुगे रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १२:०९

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् ।

बत्तिसपुतलीमा आफूपक्षीय नेताहरुसँगको छलफलको बीचमै निस्किएका पौडेलले पूर्वमहामन्त्री सिटौलालाई भेटेका हुन् । सिटौला निवासमा उनीहरुबीच छलफल भएको हो ।

छलफलमा वरिष्ठ नेता पौडेलले पार्टी सभापतिमा आफूलाई निर्वाचित गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर सिटौलाले आफ्ना टीमका अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका छन् ।

संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार चयन गर्न अन्तिम रस्साकस्सी चलिरहेको छ । पौडेल समूहबाट नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा छ ।

अहिले बत्तिसपुतलीमा पौडेल पक्षले केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिका साथै प्रदेश अध्यक्षका उम्मेदवारहरुसँग छलफल गरिरहेको छ । मंगलबार पौडेल पक्षका सभापतिका आकांक्षीसहितका केन्द्रीय सदस्यहरूबीच दिनभर छलफल भएपनि साझा उम्मेदवार टुंगो लगाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?