
२२ मंसिर, काठमाडौं । पत्रकार तथा कथाकार वसन्त पराजुलीले कथा संग्रह मोम्चो बजारमा ल्याएका छन् ।
समाजमा नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र नारीवादी विषय उठान गरिएको कथासङ्ग्रह भुँडिपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
पराजुलीको दोस्रो कथासंग्रह मोम्चोमा ११ वटा कथा समावेश छन् । चेपाङ भाषामा मोम्चोको अर्थ महिला वा नारी भन्ने हुन्छ । संग्रहका ११ वटा कथामध्ये मोम्चो शीर्ष कथा हो ।
‘मोम्चो विशेष गरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नुपरेका समस्यामा केन्द्रित कथा हो’ पराजुलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4