+
+

त्रिवि उपकुलपति कार्यालय घेराउ गर्ने विद्यार्थी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १७:०१

२२ मंसिर, काठमाडौं । करारमा कार्यरत शिक्षकलाई स्थायी गर्ने त्रिवि सभाको निर्णयको विरोध गर्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यलय घेराउ गरेका छन् ।

सत्तारुढ दलका विद्यार्थी संगठन आवद्ध संयुक्त विद्यार्थी संगठनले बुधबार उपकुलपति कार्यलय घेराउ गर्ने क्रममा ८ जना विद्यार्थी नेता पक्राउ परेका अनेरास्ववियू (क्रान्तिकारी) का त्रिवि अध्यक्ष प्रदीप भट्टले जानकारी दिए ।

मंसिर १४ गते त्रिवि सभाको बैठकले करारमा रहेका ४८० शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको भन्दै विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका छन् ।

पक्राउ परेका विद्यार्थीहरुलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?