
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवारबारे बुधबार पनि सहमति जुट्न सकेन । अब बिहीबार आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने र विकल्प सुझाउने नेताहरुले बताएका छन् ।
१४औं महाधिवेशन २४ गते शुक्रबारदेखि शुरु हुनेछ । तर पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
महामन्त्री डा. शशांक कोइरालाले तीन नेताबीच सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् भने वरिष्ठ नेता पौडेलले आकांक्षीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले पनि स्वीकार गर्ने बताएका छन् । नभएको अवस्थामा आफ्नो नेतृत्वमा सहमति हुनुपर्ने उनको बुझाइ छ ।
तर सिंह र कोइराला सभापतिको दाबी छाड्न तयार छैनन् । बुधबार भएको छलफलमा पनि सिंहले आफ्नो नेतृत्वमा सहमति हुनुपर्ने तर्क गरेका थिए । अरुले भने सहमति खोजौं भनेको केन्द्रीस्य सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार अब बिहीबार सभापतिका आकांक्षी चार नेता बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने छ र सहमतिका विकल्पहरु नेताहरुलाई सुझाउने छ । नेता घिमिरेले भने, ‘एक/दुई घण्टा छलफल गर्छौं, आएर सँगै बस्छौं र एउटा टुंगोमा पुग्छौं ।’
प्रतिक्रिया 4