+
+

६ निर्माण कम्पनीलाई कालोसूचीमा राखियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते ९:४५

२३ मंसिर, काठमाडौं । ६ वटा निर्माण कम्पनीहरुलाई सरकारले कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवालाई कालोसूचीमा राखेको हो ।

निलगिरीलाई ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २/२ वर्ष तथा अन्यलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?