+
+

सप्तरीको गाउँब्लकमा जग्गा धनी प्रमाण पुर्जा वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १०:४२

२३ मंसिर, काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको गाउब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छिन् ।

अग्निसाइर कृष्णासवरन गाउँपालिका र तिरहुत गाउँपालिकाको गाउब्लकमा रहेका ७०० घर परिवारलाई बुधबार र बिहीबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्ने सरकारी तयारी छ ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुहुँदै मन्त्री श्रेष्ठले यही पुुस मसान्तसम्ममा देशभरीका नापी भइसकेका गाउँब्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताइन् ।

उनले नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएरपनि भूूमिविहीन बनीरहेकाहरू कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले भूूमिहीन दलित, सुकुुमबासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम शुुरु गरिसकेको र मुक्त हलीया, कमलरी, कमैयाको पक्षमा काम गर्न र उनीहरूको वास्तबिकता अध्ययन गर्न कार्यदल बनाएर काम शुरु गरिसकेको पनि बताइन् ।

तल्ला तहका नागरिक र वाास्तविक पीडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटिला प्रक्रिया छोट्याएर छिटोभन्दा छिटो काम गर्न लागेको पनि पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?