+
+

चितवनमा दुई ठूला महोत्सव सँगसँगै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १४:५१

२३ मंसिर, चितवन । चितवनमा पुस महिनाको अन्तिम साता दुई ठूला महोत्सव सँगसँगै आयोजना हुने भएका छन् ।

नारायणी नदी किनारमा आगामी पुस २५ गतेदेखि चितवन महोत्सव शुरु हुने भएको छ । त्यसको दुई दिनपछि पुस २७ गतेदेखि पूर्वीचितवनको टिकौली चौरमा रत्ननगर महोत्सव शुरु हुनेछ ।

पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । यस्तै  पुस २७ गतेदेखि शुरु हुने रत्ननगर महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघ रत्ननगरले जनाएको छ ।

अघिल्लो वर्ष नै हुनुपर्ने चितवन महोत्सव कोरोना भाइरसको संक्रमणका कारण हुन सकेको थिएन । यसपटक हुन लागेको चितवन महोत्सव १३ औं संस्करण हो भने रत्ननगर महोत्सवको ११ औं संस्करण हो ।

विसं २०५९ देखि हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ । चितवन महोत्सवमा ४०४ स्टल रहनेछन् भने रत्ननगरमा ३५० स्टल रहनेछन् ।
पाँच लाख दर्शकले हेर्ने चितवन महोत्सवमा ५ अर्बको कारोबार हुने अपेक्षा आयोजकको छ ।

उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले दुवै महोत्सवले चितवनको चिनारी गराउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?