+
+

प्रचण्डतिर इंगित गर्दै ओलीले भने : कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते २०:५७

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दलहरुलाई कांग्रेसले साथ दिएन भने के हुन्छ भन्ने पिर परेको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार ओलीभन्दा अगाडि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए । प्रचण्डलगत्तै बोलेका ओलीले त्यसतिर संकेत गर्दै भने, ‘केही साना दलहरुलाई कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर छ ।’

‘सँगै जानुपर्छ भनेको सरकारमा मात्र हो कि देश बनाउन पनि हो ? देश बनाउन सँगै जाने कुरामा नेपाली कांग्रेसको साथमै छ नेकपा एमाले,’ उनले अघि भने, ‘हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं । प्रतिपक्ष भनेको संसदको अंग होइन ? हामी साथमा छैनौं लोकतन्त्रको सवालमा ? हामीसँगै लडेका छैनौं ?’

तर कतिपयमा सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता देखिएको भन्दै ओलीले कटाक्ष गरे । उनले अघि भने, ‘नेपाली कांग्रेस सबैलाई साथ लिएर चलोस्, अरुका नीतिमा होइन, आफ्नो नीतिमा हिँडाओस् । शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुस् भन्ने शुभकामना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?