+
+

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरौं : विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १८:२१

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनबाट सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी महाधिवेशनको उद्घाटन समारोहमा उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न र सम्भव नभए प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने बताए ।

‘सकिन्छ भने निर्विरोध र सर्वसम्मत नेतृत्व चयन गरौं, सकिँदैन भने प्रतिस्पर्धाबाट गरौ, म पनि (उम्मेदवार) छु’ उनले भने, ‘लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने नेपाली कांग्रेस एकमात्र हो ।’

महाधिवेशन सम्पन्न भएपछि पार्टी निर्वाचनमा केन्द्रित हुनुपर्ने उपसभापति निधिले बताए । आगामी निर्वाचनपछि तीनै तहमा नेपाली कांग्रेसको एकमना सरकार बनाउनुपर्ने पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?