+
+

कांग्रेसको महाधिवेशनमा ४ हजार ७४३ मतदाता (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १९:०३

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार कांग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।

उनले भने, ‘यो संख्या १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवशेन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट मनोनित र जनसम्पर्क समितिबाट चयन भएका प्रतिनिधिहरुको हो ।’

१४ औं महाधिवेशनअन्तर्गत २२ मंसिरमा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको कांग्रेसले शुक्रबार अन्तिम नामावली प्रकाशित गरेको हो ।

शुक्रबार कांग्रेस महाधिवेशनको उद्घाटन भएको छ । अब शनिबार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने मंसिर २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । मंसिर २७ गते मतदान हुने महाधिवेशन कार्यतालिका रहेको छ ।

केन्द्रीय सदस्य एवं देशभरबाट ४ हजार ४२२ महाधिवेशन प्रतिनिधि चयन भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाबाट १२५ महाधिवेशन प्रतिनिधि सिफारिस भएका छन् भने जनसम्पर्क समितिबाट १८४ जना महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ ।

हेर्नुहोस् महाधिवेशन प्रतिनिधिको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?