+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसको महाधिवेशन उत्सव

विकास श्रेष्ठ, चन्द्रबहादुर आले र आर्यन धिमाल विकास श्रेष्ठ, चन्द्रबहादुर आले र आर्यन धिमाल
२०७८ मंसिर २४ गते २०:५५

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शुक्रबार उद्घाटन गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको उद्घाटन समारोहमा नेपाल र भारतका विभिन्न राजनीतिक दलका नेताहरुले कांग्रेसलाई शुभकामना दिए ।

शुभकामना दिन भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टीका नेता आएका थिए भने नेपालका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेता पुगेका थिए ।

महाधिवेशन उद्घाटन समारोहमा विभिन्न जातजातिको साँस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन दबाव नदिने बताएका थिए । यद्यपि भृकुटीमण्डपस्थित खुला स्थल कांग्रेस कार्यकर्ता र शुभेच्छुकले भरिएका थिए ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?