+
+

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम यस वर्षकै कम मापन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते ८:५४

२६ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज अघिल्लो दिनको तुलनामा चिसो बढेको छ । आज बिहानको न्यूनतम तापक्रम यस वर्षकै कम मापन भएकाले चिसो बढेको महसुस भएको हो ।

काठमाडौं उपत्यकामा आज बिहान ५ः४५ मा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीले जानकारी दिइन् ।

यो यस वर्षकै कम न्यूनतम तापक्रम हो । मौसमविद वासीका अनुसार शनिबार न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो । काठमाडौं उपत्यकामा जस्तै अन्य ठाउँमा पनि चिसो बढेको उनले बताइन् ।

न्यूनतम र अधिकतम तापक्रम कम हुँदा चिसो बढ्छ । आकाश खुल्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । यस्तो अवस्थामा चिसो महसुस हुन्छ । केही दिनयता काठमाडौंमा बिहान र बेलुकाका समयमा चिसो बढेको महुसस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?